नेपाल बैंकको बोनस शेयर नेप्सेमा सूचीकरण

नेपाल बैंकको गत पौष २ गतेका सम्पन्न भएको ६२ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ मा कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले हुन आउने १ अर्ब ७६ करोड ९१ लाख ४६ हजार २०७ रकम बराबरको १ करोड ७६ लाख ९१ हजार ४६२ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण भएको छ ।

शेयर अभौतिकीकरण गरिसकेका शेयरधनीहरुको डिम्याट खातामा १४ प्रतिशतका दरले हुन आउने बोनस शेयर जम्मा हुने र भौतिकरुपमा कायम शेयरधनीहरुले शेयर अभौतिकीकरण गराए पश्चात् मात्र बोनस शेयर खातामा जम्मा हुने भएकोले आफ्नो नाममा रहेको शेयर यथाशीघ्र अभौतिकीकरण गराउनु हुन समेत बैंकले अनुरोध गरेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर …

प्रतिकृया दिनुहॊस