नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटकाे सेमिफाइनलमा प्रवेश

अपराजित रहँदै नेपाल आईसीसी टी–२० विश्वकप क्रिकेट ग्लोबल छनोटको सेमिफाइलनमा प्रवेश गरेको छ।

लिग चरणको आफ्नो अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल अन्तिम चारमा प्रवेश गरेको हो । नेपालले ३ खेलबाट ६ अंक जोड्यो । आफ्नो अन्तिम खेलमा फिलिपिन्सलाई ‍‍‍फराकिलो अन्तरले पराजित गर्दै घरेलु टिम ओमानले पनि सेमिफाइनल यात्रा तय गरेको छ। सेमिफाइनलमा नेपालले समुह ए को उपविजेता यूएईसँग र ओमानले समुह ए को विजेता आयरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछन् ।

क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा नटआउट रहँदै कुशल भुर्तेलले ३४ र दिपेन्द्रसिंह ऐरीले २७ रन बनाए । आसिफ शेखले १७ रनको योगदान गरे। कुशल मल्ल भने गोल्डेन डक आउट हुन पुगे ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after