विश्वकप छनोट : नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौँ । आइसिसी टी-ट्वेन्टी विश्वकप क्रिकेटको ग्लोबल छनोट ’ए’ को तेस्रो खेलमा नेपालले आज क्यानडासँग खेल्दैछ । खेल दिउँसो पौने ४ बजे अल अमिरात क्रिकेट मैदानमा हुनेछ ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल आज क्यानडालाई हराउँदै लगातार तेस्रो जित निकाल्न चाहन्छ । नेपालले यसअघि ओमानलाई ३९ रन र फिलिपिन्सलाई १३६ रनले हराएको थियो । नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

नेपाल शीर्षस्थानमा रहेको छ । दुई खेलमा दुई अङ्क जोडेको क्यानडा दोस्रो स्थानमा रहेको छ । क्यानडामाथि जित हात पारे नेपाल समूह विजेताको रूपमा अन्तिम चारमा प्रवेश गर्नेछ । तर, नेपाल क्यानडासँग पराजित भए साथै ओमानले फिलिपिन्समाथि जित निकाले नेट रनरेटको ठूलो भूमिका हुनेछ ।

अर्कोतर्फ ओमान फिलिपिन्सविरुद्ध पराजित भए तथा नेपालले क्यानडालाई पराजित गरे नेपाल सेमिफाइनलमा प्रवेश गर्दा क्यानडा, ओमान र फिलिपिन्सको सेमिफाइनल सम्भावना नेट रनरेटले निर्धारण गर्नेछ । समूह चरणको खेलपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । फाइनल पुग्ने दुवै टोली अस्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ तारिखसम्म हुने आइसिसी पुरुष टी-ट्वेन्टी विश्वकपको लागि छनोट हुनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री