काठमाडौं । भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका-८ सुडाल रानीबारीमा सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा ४ ख ७३५२ नम्बरको टिपरले ठक्कर दिँदा ८ वर्षीया बालिका बिनिता मगरको मृत्यु भएको हो ।
काभ्रेको महाभारत गाँउपालिका-२ घर भई हाल सुडालस्थित बीएम ईंट्टा भट्टामा काम गर्ने सूर्यबहादुर मगरकी छोरी बिनिता टिपरको ठक्करबाट गम्भिर घाइते भएकी थिइन् । उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा आइतबार मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । टिपर चालक भक्तपुर नगरपालिका-८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मालाई प्रहरीले पक्राउ गरेको छ ।
तपाईंको प्रतिकृया




