कस्तो रहला आजको मौसम ?

काठमाडौं । अहिले नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यतिबेला पहाडी भेगमा आंशिक बदली रही तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको र देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । पहाडी भेगका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । साथै देशका उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबार राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ । उच्च पहाडी तथा हिमाली भेगका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ । जसमा भनिएको छ : बिहान र बेलुकीको समयमा चिसो रहने हुनाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन हुन अनुरोध छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री