काठमाडौँ । काठमाडौंको कलंकीस्थित ढुंगेअड्डामा विष्फोटक पदार्थजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ । बिहान २ बजे कालिका पेट्रोल पम्प नजिक सडक पेटीमा शंकास्पद वस्तु भेटिएको हो ।
महानगरीय प्रहरी वृत कलंकीका गोविन्द्रबहादुर नायककाअनुसार ‘नो एमसीसी लेखिएका ‘तीन वटा प्रेसर कुकर’ भेटिएका हुन् । ती बम हुन् वा होइनन् भन्ने वुष्टि भइनसकेको उनले बताए । अहिले नेपाली सेनाको टोलीले बम डिस्पोज गर्ने प्रयास गरिरहेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सदनमा टेबल गर्न नहुने माग राख्दै नेकपा ‘विप्लव’ समूह सहितका ५ साना दलले बुधबार नेपाल बन्दको आयोजना गरेका थिए । ती प्रेसर कुकर राख्नेहरुबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईंको प्रतिकृया




