संसद् बैठक बस्दै, कार्यसूचीमा के छ ?

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दशौँ अधिवेशनको पाँचौँ बैठक बस्न लागेको हो ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्ने तय छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/०७८ पेस गर्ने सम्भावित कार्यसूची छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल गर्ने चर्चा छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी परेको छैन । लामो समयदेखि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले संसद् बैठक अवरुद्ध गर्दै आएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री