कांग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ सार्वजनिक

कांग्रेस नेता अर्जुननरसिंह केसीको ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक सार्वजनिक भएको छ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सो पुस्तकको विमोचन गरेका हुन् ।

पुस्तकमा नेपाली कांग्रेसको इतिहास र २००७ सालमा राणाविरोधी आन्दोलनलाई सफलता दिलाउन सहयोग गरेका व्यक्तित्वहरुबारे चर्चा गरिएको छ। लेखक केसीले पुस्तकभित्र आफूले २६/२७ वर्षयता स्वदेश तथा विदेशमा नेपाली कांग्रेसबारे उठाइएका खुल्दुलीलाई समेटेको दाबी गरे ।

नेता केसीले पुस्तकमा नेपाली कांग्रेसमाथि उठ्ने गरेका प्रश्न र लाग्ने गरेका आरोप तथा नेपाली कांग्रेसको अहिलेसम्मको कार्यदिशा, पार्टीका संस्थापक नेता बिपी कोईरालाले देखाएको समाजवाद र नेपाली कांग्रेसको सन्तुलित परराष्ट्रनीतिका बारेमा विस्तृतरुपमा उजागर गरिएको बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप