बालाजुमा बसको ठक्करबाट दुई पैदल यात्रुको मृत्यु

काठमाडौँ । काठमाडौँको बालाजुमा मिनिबसको ठक्करबाट दुईजना पैदल यात्रुको मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाकाअनुसार बिहान करिब ६ बजेतिर बसले किच्दा दुईजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रसुवा घर भएका १८ वर्षीय विकास तामाङ र नाम नखुलेकी करिब ५० वर्षीया महिला रहेको महाशाखाका प्रवक्ता संजिव शर्मा दासले जानकारी दिए । उनकाअनुसार बालाजुस्थित गंगा हल अगाडि बाटो काट्ने क्रममा बसले ठक्कर दिएको थियो । ठक्करपछि मिनिबससहित चालक फरार भएको छन् ।

बसको नम्बर खुल्न सकेको छैन । घटनाबारे महानगरीय प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आफन्तकोमा हिंडेका बालक पानीमा डुबेको अवस्थामा मृत्त भेटिए

काठमाडौं । सर्लाहीको बलरा नगरपालिकास्थित लक्ष्मीपुरमा पानीमा डुबेको अवस्थामा एक बालकको शव फेला परेका छ …

प्रतिकृया दिनुहॊस

This will auto close after