आजकाे माैसम : पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव

मुलुकमा पश्चिमी न्यून चापिय प्रणालीको आंशिक प्रभाव छ। दिउँसो पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाकाे सम्भावना रहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

राति पहाडी भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

बिहीबार प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाकाे आँकलन छ। साेही प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री