विधेयकहरु अघि बढाउन सभामुखलाई प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा रहेका विभिन्न विधेयकहरु अघि बढाउन सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेका छन् ।

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले संसद बन्धक हुन नसक्ने भन्दै विधेयकहरु अघि बढाउन आग्रह गरेका हुन्। देउवाले संसद प्रमुख प्रतिपक्षी नेकपा एमालेको बन्धक बनिरहन नसक्ने बताएका छन् ।

त्यस्तै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि विधेयकहरु संसदमा रोकिएको भन्दै पास गर्ने तर्फ लाग्न सभामुख सापकोटालाई सुझाव दिएका थिए ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस