बलराम शाहीसँग कोट म्यारिज गरिन् नायिका रेखा थापाले

नायिका रेखा थापाले पुनः विवाह गरेकी छिन् । उनले जाजरकोट स्थायी घर भएका प्रेमी बलराम शाहीसँग कोट म्यारिज गरेकी हुन्।

गत माघ १२ गते नायिका थापाले विहे गरेकी हुन् । उनीहरू लामो समयदेखि प्रेममा थिए। थापाले यसअघि निर्माता छविराज ओझासँग विवाह गरेकी थिइन्। उनीहरूले १० वर्षअघि डिभोर्स गरेका थिए।

नायिका थापाका हिम्मत, किस्मत, हिफाजत, अन्दाज, कसले चोर्यो मेरो मन, काली, हिम्मतवाली, दुर्गा, मालिका जस्ता बहुचर्चित फिल्महरु चर्चित छन्।

रेखा पछिल्लो समय राजनीतिमा पनि सक्रिय छिन्। केही समय अघि सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिएकी थिइन्। तर उनले जित्न भने सकिनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप