दाङको तुलसीपुरमा भीषण आगलागी, पाँचको मृत्यु

काठमाडौँ । दाङको तुलसीपुरस्थित  जुत्ता चप्पल गोदाममा भीषण आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ । तुलसीपुर  उपमहानगरपालिका- ५ ‘ङ’ लाइनस्थित इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा बिहीबार राति आगलागीमा भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आगलागीमा परी ४ जना पुरुष र एक बालिकाको मृत्यु भएको पनि प्रहरीले बताएको छ । मृतकहरूको पहिचान भइसकेको छैन । इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

शुक्रबार बिहान पौने दुई बजेतिर गस्तीमा गएको प्रहरीको टोलीले आगलागी भइरहेको देखेका थिए । त्यसपछि नियन्त्रणका लागि प्रयास भए पनि झण्डै ५ घण्टापछि मात्र आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसपार्कमा छैन दसैँको अग्रिम टिकट काट्नेको ठूलो भीड

काठमाडौं । सरकारले शनिबारबाट दसैँका लागि लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गरेको छ । देशका विभिन्न क्षेत्रबाट संघीय राजधानी काठमाडौंमा अध्ययन, व्यापार व्यवसाय, रोजगारीका लागि आएका चाडपर्व मनाउन घर जानेलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

प्रतिकृया दिनुहॊस