सात दिनअघि पोखराबाट कञ्चनपुर हिँडेका भानसिंह कपिलवस्तुबाट सम्पर्कविहीन

काठमाडौँ । पोखराबाट कञ्चनपुर हिँडेका एक पुरुष कपिलवस्तुबाट सम्पर्कविहीन भएका छन् । कञ्चनपुरको वेदकोट नगरपालिका -१० दैजीका ४५ वर्षीय भानसिंह कडायत माघ २१ गते (शुक्रबार) बिहान ११ः३० बजेदेखि कपिलवस्तु नगरपालिका -९ जगदीशपुरबाट सम्पर्कविहीन भएका हुन् ।

माघ २० गते पोखराबाट कञ्चनपुर हिँडेका कडायत कपिलवस्तुबाट सम्पर्कविहीन बनेको उनका छोरा रमेश कडायतले जानकारी दिए । उनले भने, ‘पोखराबाट २० गते साँझ गाडी चढेँ भनेर बुबाले फोन गर्नुभएको थियो । २१ गते बिहानबाट सम्पर्कमा हुनुहुन्न । प्रहरीमार्फत अन्तिम लोकेसन चेक गर्दा कपिलवस्तु नगरपालिका-९ जगदीशपुर देखाएको छ । तर यहाँ आएर सबैतिर बुझ्दा केही अत्तोपत्तो छैन ।’

म्याग्दीबाट पोखरा हुँदै कञ्चनपुर हिँड्ने बेला भानसिंहले आफूसँग दुई हजार रुपैयाँ मात्र छ भन्दै फोन गरेको रमेशले बताए । गाडीमा चढेको बेला सहचालक वा कुनै यात्रुसँग विवाद भएर बाटोमै छाडेको हुन सक्ने परिवारको आशंका छ । ‘बुवासँग पैसा २ हजार मात्र रहेछ, पोखराबाट कञ्चनपुरको गाडी भाडा नै धेरै छ । कतै लफडा परेर बसले बाटोमै अलपत्र छाडेको पो हो कि ?’, रमेशले भने ।

अन्दाजी साढे ५ फिट उचाइ भएका भानसिंहले रातो टिसर्ट,कालो पाइन्ट, खैरो रंगको जुत्ता, सेतो क्याप र कालो रंगको ज्याकेट लगाएका थिए ।लगातार प्रहरी र आफन्तले खोजी गर्दा पनि उनी सम्पर्कमा आएका छैनन् । भानसिंहको खोजीमा लागेको कपिलवस्तु प्रहरीले हालसम्म फेला पर्न नसकेको जनाएको छ ।

कडायतलाई फेला पार्ने व्यक्तिले नजिकको प्रहरी कार्यालय वा उनका छोरा रमेशको फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरी सहयोग गरिदिन परिवारले अनुरोध गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दसैँ टीकाको शुभसाइत कुन देश/स्थानमा कहिले ?

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपाल बाहिरका देशमा बसोबास गर्ने नेपालीहरुका लागि पनि दशैंको टीका लगाउने उत्तम साइत तयार पारेको छ । धेरै नेपालीको बसोबास रहेका क्षेत्रबाट माग भएबमोजिम सम्बन्धित देशको ग्रहको दृष्टि अनुसार टीका लगाउने समय यकिन गरिएको हो ।

प्रतिकृया दिनुहॊस