दिपिकाले भनिन्,रणवीरलाई रंगेहात समातेकी थिए…….

एजेन्सी।  कुनै समय रणवीर कपुर र दिपिका पादुकोण गहिरो प्रेममा थिए । तर केही समयपछि उनीहरु छुट्टएि जसको कारण कसैलाई थाहा भएन । रणवीरले दिपिकापछि कट्रिना कैफसँग अफेयर चलाए भने अहिले आलिया भट्टसँग प्रेममा छन् ।

दिपिका अहिले रणवीर सिंहसँग प्रेममा छिन ।उनीहरुले यसै वर्ष बिहे गर्ने समाचारहरु आइरहेका पनि छन् ।

हालै एक अन्तरवार्तामा दिपिकाले रणवीर कपुरसँगको प्रेमको टुटनुको कारण बयान गरिन् । रणवीरको नाम नलिइकन उनले भनिन्, त्यो प्रेममा मैले धोका पाए । मैले उसलाई अर्कै युवतीसित रंगेहात समातेँ । त्यसपछि हाम्रो सम्वन्ध तोडियो ।

दिपिकाले थपिन्, मलाई धेरैले भनिरहेका थिए कि उसले तिमीलाई धोका दिइरहेको छ । त्यसपछि मैले उसलाई एकपटक सम्झाए । उसले माफी माग्यो  र  मैले दोस्रो मौका दिए तर उ सुध्रिएन त्यसपछि  सम्वन्ध तोड्नुको विकल्प नै रहेछ ।

आफू कसैसँग प्रेममा रहँदा शरीर मात्र नभएर मन पनि उसलाई दिने गरेको दिपिका बताउँछिन् । तर  आफूले तन र मन दिएको व्यक्तिबाट धोका पाउँदा ठूलो चोट लागेको उनको भनाई छ ।

त्यो ब्रेकअपपछि म धेरै दिनसम्म रोए । बिस्तारै आफूलाई सम्हाले र  पहिलेभन्दा परिपक्व बने, दिपिकाले भनिन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप