ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

चितवन । भरतपुर महानगरपालिकाको फोहर बोक्ने ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा  एक जनाको मृत्यु भएको छ भने एक जना  घाइते भएका छन् । मृत्यु हुनेमा  मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१४ बस्ने १८ वर्षीय पारस खत्री छन् ।

भरतपुर महानगरपालिका–१० सिनर्जी चोकमा वीरेन्द्र क्याम्पस चोकबाट विकास चोकतर्फ जाँदै गरेको महानगरको फोहर उठाउने ना २ त ३६६१ नम्बरको ट्र्याक्टर र पश्चिमतर्फ शान्ति मार्गबाट आइरहेको ना ५३ प ९७८६ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिएको थियो ।

खत्रीको चितवन मेडीकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार नवलपुर गैँडाकोट–७ बस्ने १९ वर्षीय सुरज परियार घाइते भएका छन् । घाइते परियारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री