फाइल फाेटाे

कोभिड खोपमा नेपाललाई सफलता, डब्लुएचओले दियो बधाई

नेपालले कोभिड–१९ विरुद्धको खोप अभियानमा नयाँ कोशेढुङ्गा पार गरेको छ । नेपालले १८ वर्षमाथिको उमेर समूहका ७० प्रतिशत व्यक्तिहरूलाई पूर्ण खोप प्रदान गरेको हो।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले ७० प्रतिशत बयस्क जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप प्रदान गर्न सफल भएकामा नेपाललाई बधाई पनि दिएको छ।

“सत्तरी प्रतिशत जनसङ्ख्यालाई कोभिडविरुद्धको पूर्ण खोप लगाउन सफल भएकामा नेपाललाई बधाई। यो नेपाल तथा सहयोगी निकायको ठूलो सफलता हो। एकजुट भई सहकार्य गरे जे पनि सम्भव हुने यसले सावित गरेको छ”, डब्ल्युएचओ नेपालले ट्वीटरमार्फत बधाई दिँदै भनेको छ।

नेपाल सरकारले चैत मसान्तसम्म १८ वर्षमाथिका १०० प्रतिशत नागरिकलाई पूर्णखोप लगाइसक्ने लक्ष्यसहित देशभर खोप अभियान चलाइरहेको छ ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

प्रधानमन्त्री प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार २८ गते पाँचौं पटक विश्वासको मत लिने …

प्रतिकृया दिनुहॊस