ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो नगद लाभांश लिन अनुरोध गरेको छ ।
कम्पनीले आर्थिक वर्ष २०७२/७३ को नगद लाभांश हालसम्म पनि नलिएका शेयरधनीलाई लाभांश लिन अनुरोध गरेको हो।
नगद लाभांश लिनका लागि बाँँकी शेयरधनीले सूचना प्रकाशित भएको मितिदेखि ३५ दिनभित्र आफ्नो परिचयपत्रसहित कम्पनीको केन्द्रीय कार्यालय विजयपुर, कास्कीमा सम्पर्क राख्नु पर्नेछ।
उक्त अवधिसम्म पनि नगद लाभांश लिन नआएमा कम्पनी ऐन बमोजिम पाँच वर्ष पुरानो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुनेसमेत कम्पनीले जनाएको छ।
तपाईंको प्रतिकृया




