युवा संघद्वारा स्वास्थ्यमन्त्री खतिवडालाई कारबाहीको माग गर्दै अख्तियारमा उजुरी

नेकपा (एमाले) निकट राष्टिय युवा संघ नेपालले खोप प्रकरणमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ।

युवा संघले २४ लाख खोप हराएकाे प्रकरणमा मन्त्री खतिवडा र अन्य संलग्नमाथि छानबिनको माग गर्दै मंगलबार अख्तियारमा उजुरी दिएकाे हाे।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले सबै नागरिकलाई निःशुल्क खोप अभियान सुरु गरे पनि अहिलेको सरकारले नागरिकलाई पर्याप्त खोप लगाउनुपर्नेमा उल्टै राज्यकोषबाट खर्च गरि खरिद गरिएकाे खोपको चरम दुरुपयोग भएको संघले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप