कालिन्चोक दर्शन लिमिटेडले साधारण सेयर निष्काशन गर्ने

काठमाडाैँ । काठमाडौंको गौशालामा केन्द्रीय कार्यालय रहेको कालिन्चोक दर्शन लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ।

कम्पनीले निष्काशन गर्नुपर्नेे १२ लाख कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण सेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ।

सो कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फवाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आज यस्तो छ घटबढ भइरहेको सुनचाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको भाउ स्थिर रहेको छ । मंगलबार प्रतितोला १ …

प्रतिकृया दिनुहॊस