दिल्लीमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्था हट्यो

एजेन्सी । दिल्ली विपद् प्रबन्ध प्राधिकरण (डीडीएमए)ले दिल्ली क्षेत्रमा सप्ताहन्तको कर्फ्यू र जोरबिजोर व्यवस्थालगायत केही प्रतिबन्धमाथि समीक्षा गर्दै हटाउने निर्णय गरेको छ ।

डीडीएमएले राजधानी दिल्लीका रेष्टुरेण्ट र बार, सिनेमा घरमा समेत ५० प्रतिशत ग्राहक, दर्शक राखेर सञ्चालन गर्न सक्ने जनाएको छ ।

विद्यालय खुलाउने विषयमा भने आगामी बैठकमा निर्णय हुने डीडीएमए स्रोतलाई उदृत गर्दै भारतका समाचार संस्थाहरूले समाचार लेखेका छन् । साथै, दिल्लीमा अझै केही दिन रात्रिकालीन कर्फ्यू जारी रहने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, विवाह समारोहमा अब दुई सय जनासम्म सहभागी हुन सक्ने पनि निर्णय भएको छ । यसअघि डीडीएमएले विवाह समारोहमा जम्मा ५० जनामा मात्रै सहभागी हुन पाउने निर्णय गरेको थियो ।

दिल्लीमा कोभिड संक्रमणदर १० प्रतिशतभन्दा कममा झरेसँगै डीडीएमएले यस्तो निर्णय गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झलनाथ कमाण्डर बनेको चुनावमा नेकपा एसलाई ४०८ मत !

काठमाडौं । इलाम-२ मा नेकपा एकीकृत समाजवादी र राप्रपाको लज्जास्पद हार भएको छ । यस …

प्रतिकृया दिनुहॊस