काेराेना अपडेट : थप ६ हजार ४६२ जनामा संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १ हजार ४१६ जना डिस्चार्ज भएका छन् भने मृत्यु चार जनाको भएको छ।

काठमाडौं उपत्यकामा ३,७९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा ३ हजार ७९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २,८६८, ललितपुर ६०२ र भक्तपुरमा ३२१ जनामा संक्रमण पुष्टि भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री