साताको पहिलो दिन १०.८३ अंकले घट्यो नेप्से

आइतबार शेयर बजार घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.८३ अंकले घटेर २ हजार ९२० बिन्दुमा झरेको छ। सेन्सेटिभ इन्डेक्स भने ०.०६ अंकले बढेर ५४३ बिन्दुमा पुगेको छ।

आज २३२ वटा धितोपत्रको १ करोड ४७ लाख कित्ता शेयर ७ अर्ब ३ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ भने ३ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा विन नेपाल लद्युवित्त, बुद्धभूमी नेपाल हाइड्रोपावर र मैलुङ खोला जलविद्युत कम्पनी रहेका छन्।

कारोबार रकमको आधारमा नेपाल दूरसञ्चार कम्पनीले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको ३२ करोड १४ लाख ५३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ। आज कारोबारमा आएका १३ समूहमध्ये ५ वटा समूह बाहेका अरु सबै समूहको परिसूचक घटेको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

जेबिएनएल सेक्यूरिटिज् को प्रथम वार्षिक साधारण सभा सम्पन्न, ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै

काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापना भई सञ्चालनमा रहेको धितोपत्र सम्बन्धि कारोबार …

प्रतिकृया दिनुहॊस