गत २४ घण्टाभित्र नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
१४ हजार ४६२ जनाको पिसिआर परीक्षण र ५ हजार ७२५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।
शनिबार निकाे हुनेकाे संख्या ७०८ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या १६ रहेकाे छ ।
तपाईंको प्रतिकृया



