उपत्यकामा थप कडाइ, आज रातिदेखि जोरबिजोर प्रणाली

काठमाडौँ । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहिबार बसेको बैठकले आज रातिदेखि निजी तथा सार्वजनिक सवारीमा जोर विजोर प्रणाली लागू गर्ने निर्णय गरेको हो ।

बैठकले दुई पाङ्गेसहितका निजी तथा सार्वजनिक सवारी साधानहरु जोर गते जोर र बिजोर गते विजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरेको ललितपुरका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।  उनकाअनुसार सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने, सवारीका चालक र सहचालकले मास्क र फेस सिल्ड अनिवार्य लगाउनुपर्नेछ ।

संक्रमणको दर बढ्दै गएपछि सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गरिएको उनले बताए । ‘उपत्यका सबैभन्दा बढी जोखिममा परेको देखिन्छ, त्यसलाई समेत मध्यनजर गरेर जोरबिजोर प्रणाली जारी गरिएको हो,’ प्रजिअ उपाध्यायले भने, ‘सार्वजनिक सेवा लिन, दैनिक उपभोग्य वस्तु किनमेल गर्दा पनि अब अनिवार्य खोप कार्ड लिएर मात्रै जानुपर्नेछ ।’

स्वास्थ्य सामग्री बोकेका सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन तथा पेट्रोलियम पदार्थसहित अनिवार्य आवश्यकता पर्ने ढुवानीका सामान बोकेका सवारीलाई जोरबिजोर लागू हुने छैन ।

आदेशको पूर्णपाठ :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस