काठमाडौँ । राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षाको मापदण्ड अनिर्वाय गरेको छ । निर्वाचन आयोगले बिहीबार राष्ट्रिय सभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड सार्वजनिक गरेको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि यही माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले अनिर्वाय स्वास्थ्य मापदण्ड लागू गरेको हो । आयोगका अनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतले मापदण्डको पालना गर्नुपर्ने छ ।
मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबैले पूर्ण खोप लगाएको हुनुपर्ने आयोगले उल्लेख गरेको छ । यस्तै अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले भनेको छ ।
आयोगका अनुसार मतदान स्थलमा आवश्यक स्वास्थ्य सामग्रीसहित दुई जना स्वास्थ्यकर्मी रहेको हेल्थ–डेस्कको व्यवस्था गर्नुपर्ने, भौतिक दूरी कायम गर्न, अनावश्यक भिडभाड हुन नदिने, मतदान स्थलमा एक एम्बुलेन्सको व्यवस्था हुनुपर्ने छ । यस्तै कोरोना संक्रमित मतदातालाई छुट्टै लाइनको व्यवस्था गर्न पनि आयोगले निर्देशन दिएको छ ।
यस्तो छ स्वास्थ्य सुरक्षा मापदण्ड :-





