आज सुनचाँदीको मूल्य कति छ ?

काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मूल्य तोलामा १ सयले बढेर ९२ हजार ६०० पुगेको छ ।

यसअघि सोमबार सुन तोलाको ९२ हजार ५०० सयमा कारोबार भएको थियो । आज तेजाबी सुन तोलाको ९२ हजार १०० सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार चाँदीको मूल्य तोलाको १२ सय ५५ मा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि सोमबार पनि चाँदी तोलाको १२ सय ५५ मा नै कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री