रियल म्याड्रिडले जित्यो स्पेनिस सुपरकोपाको उपाधि

काठमाडौँ । स्पेनिस सुपर कोपाको उपाधि रियल म्याड्रिडले जितेको छ । गएराती साउदी अरबको रियादस्थित किङ फाहद इन्टरनेशनल स्टेडियममा सम्पन्न फाइनल खेलमा एथलेटिक बिल्बाओलाई २-० गोल अन्तरले पराजित गर्दै रियल म्याड्रिडले यो उपाधि जितेको हो ।

रियल म्याड्रिडको जितमा लुका मोड्रीच र करिम बेन्जमाले एक एक गोल गरेका थिए । मोड्रीचले खेलको ३८औँ मिनेटमा गोल गर्दै रियल म्याड्रिडलाई शुरुवाती अग्रता दिलाएका थिए भने खेलको ५२औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै बेन्जमाले रियलको अग्रता दोब्बर पारेका थिए ।

यस खेलमा खेलको ८७औँ मिनेटमा रियल म्याड्रिडका एडर मिलिताओले रातो कार्ड पाएका थिए ।

योसहित रियल म्याड्रिडले स्पेनिस सुपर कोपाको उपाधि १२ पटक जितेको छ । यो उपाधि सबैभन्दा धेरै पटक भने बार्सिलोनाले जितेको छ । अहिलेसम्म बर्सिलोनाले सुपर कोपाको उपाधि १३ पटक जितेको छ ।

त्यस्तै एथलेटिक बिल्बाओ र डिपोर्टिभो ला कुरानाले ३-३ पटक यो उपाधि जितेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे बैंक कर्पोरेट सुपर सिक्सेस सिजन-७ च्याम्पियन

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ …

प्रतिकृया दिनुहॊस