बैंक अफ काठमाण्डूको गैरआवासीय नेपालीहरुलाई लक्षित निक्षेप खाता

बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपालीहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम लाभलाई मध्यनजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।

विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहकहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ।

गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा USD, EUR, GBP, AUD, CAD तथा JPY मुद्राहरुमा बैंक खाता खोल्न सक्नेछन्। यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपालीहरुले अधिकतम ५.५% सम्मको वार्षिक ब्याजदर पाउनेछन्।

साथै, गैरआवासीय नेपालीहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सक्नेछन्। बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपालीहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप