काठमाडौं । चलचित्र ‘कथा काठमण्डु’को गीत रिलिज भएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘रातको कुरा’ बोलको गीत रिलिज गरिएको हो।‘रातको कुरा’ बोलको गीतमा गायिका इन्दिरा जोशीको स्वर छ ।
उक्त गीतको भिडियोमा फिल्मका मूख्य दुई कलाकार प्रियंका कार्की र प्रमोद अग्रहरी फिचरिङ छन्। भिडियोमा प्रियंकाको हट अवतार देख्न सकिन्छ ।
चलचित्रमा प्रियंका र प्रमोदसँगै आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारी लगायतको पनि मुख्य भूमिका रहेको छ। विजय राईको निर्माण रहेको ‘कथा काठमाण्डुको पटकथा पनि निर्देशक श्रेष्ठले नै लेखेकी हुन्। लुज सिंहले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका छन्।
तपाईंको प्रतिकृया




