प्रदीप पौडेल भनेःकानूनमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडौँ ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङको राजीनामा मागेका छन्। बंगलादेश पढ्न जाने नेपाली छात्राको अस्मितामा प्रहार हुने गरी मन्त्रीले अभिव्यक्ति दिएको भन्दै पौडेलले ‘कानून मन्त्रीले माफी मागेर मात्रै हुँदैन, राजीनामा नै दिनुपर्छ’ भने।  सरकारले अधिनायकवादी चरित्र देखाएको पौडेलको भनाइ छ।

मन्त्री तामाङले शुक्रबार चाबहिलस्थित प्राक्सिस इन्टरनेशनल एकेडेमीमा एसईई उत्तीर्णलाई गरिएको सम्मान कार्यक्रममा  बंगलादेशमा चिकित्सा शिक्षा अध्ययन गरेका नेपाली छात्राहरुले आफ्नो अस्मिता नबेची प्रमाणपत्र नपाउने गरेको बताएपछि उनको आलोचना भएको थियो ।आलोचना पछि मन्त्रीले विज्ञप्ति निकालेर माफी मागेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री