सहकारी बैंकद्वारा देशभरका ४० लाख जनतालाई सेवा प्रदान

राष्ट्रिय सहकारी बैंकले लिमिटेडले नेपालभर १४ हजारभन्दा बढी सहकारी सङ्घसंस्थामार्फत ४० लाख जनतालाई प्रत्यक्षरूपमा सेवा पुर्याउँदै आएको छ।

सरकारी बैंक लिमिटेड प्रदेश नं १ को अठाराैं वार्षिक साधारणसभाको पूर्वसन्ध्यामा प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। उनले बैंकले आव २०७७/७८ मा ६६ अर्ब ३४ करोड निक्षेप सङ्कलन गरि ३५ अर्ब ९१ करोड कर्जा प्रवाद गर्दै कूल ७१ अर्ब ६८ करोड कारोबार गरेको बताए।

बैंकले स्थानीय निकायमा रहेको सहकारीमार्फत ग्रामीण क्षेत्रका जनतालाई आयआर्जन तथा स्वरोजगार निर्माण गर्ने मुख्य उद्देश्यले पूँजी वृद्धि तथा तरलता कायम गर्न कार्य गरिरहेको प्रष्ट पारे। सञ्चालक समितिका सदस्य सरिता भट्टराईले स्थानीय निकायको सहयोगमा बैंकले सहकारीमार्फत विपन्न जनताको ‘गरिबी न्यूनीकरण’ कार्यक्रमअन्तर्गत स्वदेशी र स्थानीय कच्चा पदार्थको प्रयोगले स्थानीय उत्पादनलाई खरिद गरी स्थानीय अर्थतन्त्र विकासमा सहयोग पुर्याउने उद्देश्यले कार्य अगाडि बढाइरहेको जानकारी दिइन्।

बैंकका सूचना सदस्य डिल्ली पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर साधारणसभा गर्ने बताए। सभामा प्रदेशका दुई हजार २५७ सहकारी संस्थाको सहभागिता हुनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री