शेयर बजार: ४९.१९ अंकले बढ्यो नेप्से

साताको तेस्रो कारोबार दिन मंगलबार (आज) पनि शेयर बजारमा वृद्धि आएको छ। आज नेप्से परिसूचक ४९.१९ अंकले बढेर २ हजार ८३४.१३ बिन्दुमा पुगेर बन्द भएको छ। सेन्सेटिभ इन्डेक्स पनि ६.३४ अंकले वृद्धि भएर ५२८.८७ बिन्दुमा बन्द भएको छ।

आज २३२ वटा धितोपत्रको १ करोड १९ लाख ७० हजार कित्ता शेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार रुपैयाँमा खरिद विक्री भएको छ। ८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

शेयर मूल्य सर्किट लाग्ने कम्पनीमा नारायणी डेभलप्मेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलप्मेन्ट बैंक, मध्य भोटेकाशी, सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर र मितेरी डेभलप्मेन्ट बैंक रहेका छन् ।

कारोबार रकमको आधारमा अपि पावर कम्पनी लिमिटेडले सर्वाधिक हिस्सा ओगटेको छ। यो कम्पनीको १६ करोड रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री