कर्पोरेट क्लबद्वारा आयोजित “एचआरएम अवार्डस् फर कर्पोरेट एक्सिलेन्स २०२१” को वित्तीय सेवाहरुको वर्गमा मुक्तिनाथ विकास बैंक विजेता भएको छ।
काठमाडौंमा पुष २३ गते आयोजना भएको कार्यक्रमबीच मुक्तिनाथ विकास बैंक, वित्तीय सेवाहरुको वर्गमा उत्कृष्ट बैंकको रुपमा पुरस्कृत भएको छ। उक्त अवार्ड बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले ग्रहण गरेका हुन्। साथै उक्त सम्मान पाएकोमा बैंकलाई र बैंकका कार्यरत कर्मचारीहरुलाई अझै राम्रो सेवा प्रदान गर्ने उर्जा मिल्ने बैंकले विश्वास लिएको छ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुनसुकै बैंकको ATM Machine बाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ। त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिकरुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ।




