नेपाली कर्पोरेट क्षेत्रमा योगदान गर्ने उत्कृष्ट संस्थालाई प्रदान गरिने एचआरएम अवार्ड मध्ये यस वर्षको आईटी/आईएसपी अवार्ड डिश मिडिया नेटवर्क लि.ले प्राप्त गरेको छ।
डिश मिडिया नेटवर्कले आफ्नो इन्टरनेट सेवा सुरुवात गरेसँगै आईटी/आईएसपी क्याटागोरीमा यो अवार्ड प्राप्त गरेको हो।
नेपालको निजी क्षेत्रमा उत्कृष्ट कार्य गर्दै मुलकको समग्र आर्थिक तथा सामाजिक विकासमा उल्लेखिय योगदान गर्ने संस्था तथा व्यक्तिको सम्मानका लागि कर्पोरेट क्लव प्रालिले हरेक वर्ष अवार्ड प्रदान गर्ने गर्दछ।
सो अवार्ड छनौटका लागि काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका पूर्वडिन डा. सुवास केसीसहित पुण्यप्रसाद न्यौपाने, पूर्वसचिव नेपाल सरकार, प्रोफेसर डा. रिता श्रेष्ठ र आशुतोष तिवारी र बैकर वर्षा श्रेष्ठ रहेका थिए।
तपाईंको प्रतिकृया




