नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडको आयोजनामा एक अन्तर्क्रिया तथा लगानी सचेतनामुलक कार्यक्रम संचालन भएको छ।
उक्त कार्यक्रममा एनआईबीएल एस क्यापिटल लिमिटेडका सहायक महाप्रबन्धक सचिन्द्र ढुंगाना तथा कम्पनीका अन्य पदाधिकारीहरुले स्थानिय लगानीकर्ताहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन गर्नुका साथै समस्त धितोपत्र बजारको विभिन्न आयामहरुको बारेमा छलफल भएको छ।
कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पुस २३ गते प्रदेशस्तरमा लगानीकर्ता सचेतना अभिवृद्धि कार्यक्रम गर्ने सिलसिलामा प्रदेश नं २ वीरगञ्जमा एक अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा लगानीकर्ताहरुको उत्साहजनक सहभागीता हुनुका साथै विभिन्न सल्लाह सुझावसमेत प्रदान गरेका थिए। यस अघि यस्तै अन्तर्क्रिया कार्यक्रम सुदुरपश्चिम प्रदेशको धनगढीमा र लुम्बिनी प्रदेशको नेपालगञ्जमा पनि सम्पन्न भएको थियो ।




