नेपाल निजामती कर्मचारी यूनियन, शहरी विकास मन्त्रालय विभागिय कार्यसमितिको आठौं अधिवेशन नयाँ कार्य समिति चयन गर्दै सम्पन्न भएको छ।
नेपाल कर्मचारी यूनियन संघका केन्द्रीय उपाध्यक्ष तथा आधिकारिक ट्रेड यूनियनका महासचिव तेजकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले अनिलकुमार प्रधानको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो। बिहीवार शहरी विकास तथा भवन निर्माण विभाग बबरमहलको सभाहलमा सम्पन्न अधिवेशनले अनिलकुमार प्रधानलाई पुनः अध्यक्ष चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षहरु लेखनाथ अर्याल (खुल्ला), भृकुटी खाण (महिला) र गणेश नेपाली (समावेशी) रहेका छन् भने सचिवमा डम्बरबहादुर बम, सहसचिव शंकरकुमार महासेठ, कोषाध्यक्षमा सन्तोष कार्की रहेका छन् । कार्य समितिको सदस्यमा केदार आचार्य, रमेश पौड्याल, हिरालाल तन्दुलकार र हिरा डंगोल रहेका छन्।
अधिवेशनले प्रकाश न्यौपाने, धिरेन्द्र पौड्याल र हेमा कार्कीलाई महाधिवेशन प्रतिनिधि चयन गरेको छ र हेमा कार्कीलाई शहरी विकास मन्त्रालय विभागिय आधिकारिक ट्रेड यूनियनको अध्यक्षमासमेत चयन गरेको छ।
प्रतिकृया दिनुहॊस