नारायणहिटीभित्र बतास समूहको प्रवेश बारे छानविन सुरु : मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नारायणहिटी संग्रहालयबाट बतास समूहलाई हटाउने प्रक्रिया अगाडि बढाउने बताएका छन्।

बिहीबार सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै मन्त्री आलेले नारायणहिटी संग्रहालयमा रेष्टुरेन्ट लगायतको भौतिक संरचना निर्माण गरिरहेको बतास समूहलाई त्यहाँबाट हटाउने बताएका हुन्। उनले सो समूहलाई कुन प्रक्रिया मार्फत् हटाउने भन्ने विषयमा आफू छलफलमा रहेको बताए।

मन्त्री आलेले मन्त्रिस्तरबाट वा मन्त्रिपरिषदबाटै निर्णय गरेर भएपनि हटाइ छाड्ने बताए। उनले बिहीबार नै नारायणहिटीमा अवलोकनका लागि जाने पनि उल्लेख गरे। उनले नारायणहिटी संग्रहालयभित्र बतास समूहको प्रवेशको सम्बन्धमा छानविन सुरु गरिएको बताए।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सहकारीको डेढ अर्बभन्दा बढी रकम ठगी फरार मेयर नेपाली भारतबाट पक्राउ

काठमाडौं – सहकारीका बचतबकर्ताको करोडौं रकम अपचलन गरी फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली …

प्रतिकृया दिनुहॊस