कांग्रेसकाे १६ वटा जिल्लाकाे अधिवेशन फेरि सर्‍याे, माघ १५ गतेका लागि नयाँ मिति तय

नेपाली कांग्रेसले १४औं महाधिवेशन अन्तर्गत बाँकी रहेका १६ जिल्लाको अधिवेशनको मिति सारेको छ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिको बुधबार बिहान बसेको बैठकले राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै २७ पुसमा तय भएको अधिवेशनको मिति सारेको हो। नयाँ निर्णयअनुसार अब १५ माघका लागि अधिवेशनको मिति तोकिएको छ।

यसअघि २७ पुसमा बाँकी रहेका १६ जिल्लाको अधिवेशन तोकिएको थियो। सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा कांग्रेस जिल्ला अधिवेशन गर्न बाँकी छ। केहीमा क्रियाशील विवाद र केहीमा जिल्ला नेताहरूबीच इगोकै कारण १४औं महाधिवेशन अघि ती जिल्लामा अधिवेशन हुन सकेको थिएन।

तपाईंको प्रतिकृया

लेखकबाट थप