सिद्धार्थ बैंकद्वारा मारवाडी सेवा समिति नेपाललाई १५ लाख सहयोग

सिद्धार्थ बैंक लिमिटेडले मंगलबार काठमाडौंको फसिकेबमार्ग स्थित मारवाडी सेवा समिति नेपाल नामको सामाजिक संस्थालाई डायलाइसीस मेसिन खरिद गर्नका लागि सामाजिक उत्तरदायित्व अन्र्तगत रु. १५ लाख आर्थिक सहयोग प्रदान गरेको छ । सो रकम बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कडेलले मारवाडी सेवा समिति नेपालका महासचिव प्रमोद अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।

बैंकबाट प्राप्त उक्त रकम मारवाडी सेवा समिति नेपालले डायलाइसीस मेसिन खरिद गरि मिर्गौला रोगीहरुलाई निःशुल्क सेवा प्रदान गर्नको निम्ति उपयोग गर्नेछ । मारवाडी सेवा समितिले राष्ट्रिय मिर्गौला उपचार केन्द्रसँगको प्राविधिक सहयोगमा गौशालास्थित पशुपति गौशाला धर्मशालाबाट उक्त सेवा प्रदान गर्नेछ ।

बैंकले पुर्याएको सो रकम सहयोगबाट मिर्गौला रोग भएका व्यक्तिहरूलाई डायलाइसीस सेवा दिएर जीवनस्तर सुधार गर्न केहि हदसम्म भए पनि मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । बैंकले विभिन्न सामाजिक उत्तरदायित्व निर्वाह सम्बन्धी कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरुमा पनि यस्ता संस्थागत सामाजिक उत्तरदायित्वलाई सधैँ आफ्नो उच्च प्राथमिकता र निरन्तरता दिँदै जाने जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप