भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

काठमाडाैँ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालय अन्तरगतको नेपालगञ्ज मेडिकल स्टोर (आपूर्ति शाखा)मा एकै परिवारका ४ जना मृत्यु भएको छ । मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी धर्मप्रसाद भट्टराईसहित परिवारका अन्य ३ जनाको मृत्यु भएको हो ।

कालिकोटको खडाचक्र नगरपालिका-६ पिली घर भएका मृतक भट्टराई परिवारसहित नेपालगञ्ज मेडिकल स्टोरको आवास गृहमा बस्दै आएको थिए । कोठामा ग्यास पोइजन भएर मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

‘बन्द कोठाभित्र टिनको बाकसमा कोइला बालेको भेटिएको थियो’ बाँकेका प्रहरी निरीक्षक खिमबहादुर घर्ती मगरले भने, ‘आगो ताप्ने क्रममा बन्द कोठा भएकोले ग्यास पोइजन भई मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’ हरी निरीक्षक घर्ती मगरका अनुसार मृत्यु हुनेमा धनप्रसादसहित उनका ३ महिनाका छोरा ईप्सन भट्टराई, ४५ वर्षीय आमा कोकिला भट्टराई र २७ वर्षीय दिदी नन्दकली भट्टराई रहेका छन् ।

साथै, परिवारका ७ जनामध्ये श्रीमती सुशीला भट्टराई, छोरा विवश भट्टराई र भाइ नरेन्द्र भट्टराई घाइते अवस्थामा रहेका छन् । उनीहरू नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यता, कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयको टोली नेपालगञ्जतर्फ लागेको छ । भट्टराईको परिवारको मृत्युका विषयमा बुझ्न टोली त्यसतर्फ जाँदै गरेको निर्देशक डा।रविन खड्काले जानकारी दिए । मेडिकल स्टोरका कार्यालय सहयोगी भट्टराई सहित ४ जनाको मृत्यु भएको खबर पाएपछि निर्देशनालयको टोली बिहीबार बिहान नेपालगञ्जतर्फ लागेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारकाविरुद्ध मत जाहेर गर्ने अवसर : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन सुशासनका पक्षमा र भ्रष्टाचारका …

प्रतिकृया दिनुहॊस