इजीलिंक रेमिट्यान्स र महालक्ष्मी विकास बैंकविच रेमिट्यान्स भुक्तानी सम्झौता

इजीलिंक रेमिट्यान्स प्रा.लि. र महालक्ष्मी विकास बैंकविच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा इजीलिंक रेमिट्यान्स प्रा.लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपी अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल र महालक्ष्मी विकास वैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटा, केन्द्रीय कार्य संचालन विभाग प्रमुख रमेश कुमार साहले संयुक्त रुपमा हस्ताक्षर गरे।

यस सम्झौता अन्तर्गत अव इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मासारी पेमेन्ट सर्भिसेस, अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर साथै SBL Remit, Remit2Nepal, Kamana Sewa Remit, ADB Remit, Lumbini Remit मार्फत आएको रकम महालक्ष्मी विकास बैंकको नेपालभरि छरिएर रहेका १०३ शाखाहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।

छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाई सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज हुने बताइएको छ । इजीलिंक रेमिट्यान्सले आफ्नो व्यवसाय विस्तारलाई तिब्रता दिंदै खाडी मुलुक लगायत विश्वका विभिन्न मुलुकहरुबाट समेत तत्कालै सेवा सुचारु गर्न लागिएको समेत कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्यालले जानकारी गराए।

हाल इजीलिंक रेमिट्यान्स प्रा.लि.ले ग्राहकको चाहनालाई मध्यनजर गर्दै दक्षिण कोरिया, जापान, साइप्रस, अष्ट्रेलिया लगायत विश्वका विभिन्न मुलुकहरुबाट रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ । विदेशबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था पनि मिलाएको छ।

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंक र होटल ली हिमालय बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र लाजिम्पाट, काठमाडौँ स्थित होटल ली हिमालय बीच सिटिजन्स …

प्रतिकृया दिनुहॊस