गरिमा विकास बैंक र कुमारी बैंकबीच रेमिट्यान्स सम्झौता

काठमाडौं ।  गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच गरिमा रेमिट सञ्चालन गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौता पत्रमा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक माधव प्रसाद उपाध्याय र कुमारी बैंक लिमिटेडको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ८६वटा शाखा कार्यालयबाट गरिमा रेमिटमार्फत रकम भूक्तानी गर्न तथा खातामा जम्मा गर्न सकिन्छ ।

गरिमा विकास बैंक लिमिटेडले कुमारी रेमिट मार्फत रकम भुक्तानी गर्ने सम्बन्धमा समेत गरिमा विकास बैंक लिमिटेड र कुमारी बैंक लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापश्चात गरिमा विकास बैंक लिमिटेडका देशभर सञ्चालनमा रहेका ५७शाखा कार्यालयबाट कुमारी रेमिटमार्फत रकम भुक्तानी गर्न र खातामा जम्मा गर्न सकिन्छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

एक सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका …

प्रतिकृया दिनुहॊस