सिटिजन्स बैंक इन्टरनेसनल र नारायणगढको चितवनस्थित सिराइचुली होटलबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकको कार्डबाहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकले सिराइचुली होटलको सेवा सुविधामा विशेष छुट पाउने भएका छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।
मोबाइल बैकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायतका व्यवस्था गरेको बैंकले जानकारी गराएको छ।
तपाईंको प्रतिकृया




