सानिमा बैंक र सिबिएल मनि ट्रान्सफरबीच रेमिटयान्स सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र सिबिएल मनि ट्रान्सफर बीच मलेशिया-नेपाल रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल र सिविएल मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मो. सैदुर रहमान फराजीले हस्ताक्षर गरे ।

उक्त सम्झौता अनुसार सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत मलेशियाबाट पठाएको रकम ८ हजारभन्दा बढि आधिकारिक प्रतिनिधि मार्फत भुक्तानी लिन सकिनेछ । मलेशियाबाट नेपाल पैसा पठाउँदा नेपालमा भएको सानिमा बैंकको खाता वा कुनै पनि बैंकमा भएको खातामा सजिलै जम्मा गर्न सकिनेछ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिमालयन पावर पार्टनरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

काठमाडौं । हिमालयन पावर पार्टनरले हकप्रद सेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको …

प्रतिकृया दिनुहॊस