नेपाल बङ्गलादेश बैंकको सञ्चालक समितिको बैठकबाट बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डेलाई नियुक्त गरिएको छ।
बैंकिङ्ग क्षेत्रमा झन्डै २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । पाण्डे Fellow Chartered Accountant (FCA) हुनुका साथै उनले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्।
हालका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल यही पौष १६ गते सकिँदैछ । नवनियुक्त वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत पाण्डेले आउँदो माघ १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्ने जानकारी बैंकले दिएको छ।
हाल बैंकले १०० शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ।
तपाईंको प्रतिकृया




