कार्यसमितिमा अटाउन नसकेका सबैलाई समेटेर अघि बढ्नु पर्छः महामन्त्री शर्मा

नेपाली कांग्रेसका नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माले महाधिवेशनबाट कार्यसमितिमा अटाउन नसकेका सबैलाई समेटेर अघि बढ्नु पर्ने बताएका छन्।

नेपाल प्रेस युनियनले मंगलबार काठमाडौंमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रम सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। मिडियाका अधिकार कुन्ठित पार्ने कानुनका पक्षमा आफू कहिले सहमत नहुने उनले बताए।

‘धेरै महत्त्वपूर्ण साथीहरू कार्यसमितिबाट बाहिररहनु भएको छ तर उहाँहरुलाई पनि गाँसेर जानुपर्छ’, शर्माले भने।

‘विश्वप्रकाश शर्मा महामन्त्रीमा गुटबाट आएको होइन’, उनले भने, ‘विपीले नेतृत्व गर्नुभएको पार्टी उति नै गौरवान्वित छौँ, अझ बढी चुनौती छन्।’

आगामी निर्वाचनमा हुने स्थानीय तहको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने पनि शर्माकाे दाबी छ। ‘बदलिएको, बलियो र रुपान्तरणको कांग्रेस बनाउने छौँ’, उनले भने।

भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेला

 

बारेमा प्रदिप नेपाल

यॊ पनि हेर्नुहॊस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता (सूची)

काठमाडौं । आन्तरिक राजस्व विभागले सबैभन्दा बढी कर तिर्ने कम्पनीलाई सम्मान गरेको छ । विभागले २०७९/८० मा बढी कर तिर्ने कम्पनीलाई कर दिवसको अवसरमा शनिबार सम्मान गरेको हो । विभागका अनुसार सबैभन्दा धेरै आयकर नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले तिरेको छ । वस्तु निर्याततर्फ सबैभन्दा धेरै कारोबार गर्नेमा डाबर नेपाल छ ।

प्रतिकृया दिनुहॊस