बाथरुममा गम्भीर अवस्थामा फेला परेकी महिलाको उपचारकै क्रममा मृत्यु

काठमाडाैँ । आफ्नै घरको बाथरुममा गम्भीर अवस्थामा फेला परेकी भक्तपुर बालकोटकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।
आइतबार साँझ बाथरुममा गम्भीर अवस्थामा फेला परेकी सूर्यविनायक- २ बालकोटकी २९ वर्षीया गीता सापकोटाको उपचारको क्रममा ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता डिएसपी राजु पाण्डेका अनुसार आइतबार साँझ ५ बजे गम्भीर अवस्थामा फेला परेकी सापकोटालाई तत्कालै अस्पताल पुर्‍याइएको थियो ।

उपचारको क्रममा साँझ साढे ६ बजे उनको मृत्यु भएको हो । प्रहरीले उनले विषादी सेवन गरेको आशंका गरेको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री