विद्युत् खपत कसरी बढाउने भन्ने चुनौती आयो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने चुनौती रहेको बताएका छन् ।

भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युत् खपत बढाउनुपर्ने चुनौति थपिएको बताएका हुन् ।

उनले विद्युतको खपत बढाउन आग्रहसमेत गरे । ‘कुनै बेला बिजुली कहिले आउँछ भन्ने अवस्था थियो, अहिले विद्युत् कसरी खपत गर्ने भन्ने चुनौती छ,’ उनले भने, ‘आम नागरिकलाई विद्युतको खपत बढाउन आग्रह गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप