ए डिभिजन लिग : आजबाट पाँचौँ चरणका खेल हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगको पाँचौँ चरणको खेलहरू आजबाट सुरु हुँदै छन् । दशरथ रंगशाला र पोखरा रंगशालामा आयोजना हुने सात खेलहरू सोमबारसम्म आयोजना हुनेछ ।

एन्फाले पहिलो पटक लिगलाई मोफसलमा लगेको हो । एक खेल पोखरामा हुँदा बाँकी ६ खेल काठमाडौंमा हुनेछ । शुक्रबार दुई खेल हुनेछन् । सातदोबाटो युथ क्लबले त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ । दोस्रो खेलमा संकटाले मछिन्द्र क्लबलाई चुनौती दिनेछ । खेल दशरथ रंगशाला र पोखरामा हुनेछ ।

दोस्रो दिन अर्थात ३ गते शनिबार तीन खेल हुनेछ । दशरथ रंगशालामा दुई खेल हुँदा पोखरामा एक खेल हुनेछ । च्यासल युथ क्लब र जावलाखेल युथ १ बजे दशरथ रंगशालामा भिड्दा पोखरामा मनाङ मस्र्याङ्दी क्लबले २ बजे नेपाल पुलिससँग प्रतिस्पर्धा गर्नेछ । साँझ पौने ५ बजे हुने खेलमा थ्री स्टारले न्युरोड टिम एनआरटीसँग खेल्नेछ ।

आइतबार हिमालयन शेर्पा क्लबले ब्रिगेड व्बाईज क्लब (बीबीसी) को सामना गर्दा अन्तिम दिन सोमबार फ्रेण्ड्स क्लब र एपीएफ फुटबल क्लब आमनेसामने हुनेछन् । दुबै खेल साँझ पौने ५ बजे सुरु हुनेछ ।

जारी लिगमा समान १० अंक भए पनि मछिन्द्र फुटबल क्लब मनाङ मस्र्याङ्दी क्लबलाई पछि पार्दै शीर्ष स्थानमा छ । समान आठ अंकको आर्मीले संकटालाई पछि पार्दै तेस्रो स्थान ओगटेको छ ।

सात अंकको सातदोबाटो पाँचौँ स्थानमा छ । समान पाँच अंकका थ्री स्टार, बीबीसी, नेपाल पुलिस, न्युरोड टिम एनआरटी क्रमशः छैटौं, सातौँ, आठौं र नवौं स्थानमा छन् । पाँच अंकको च्यासल दशौं स्थानमा रहँदा समान दुई अंकका फ्रेण्ड्स र हिमालयन शेर्पा क्लब क्रमशः ११औं र १२औं स्थानमा छन् । अन्तिम खेलमा एक अंक जोडेको जावलाखेल र एपीएफ क्रमशः १३औं र १४औं स्थानमा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका …

प्रतिकृया दिनुहॊस